कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा बलात्कार अभियोगमा दुई युवा पक्राउ

दुर्गालाल केसी

दाङ — बलात्कार अभियोगमा तुलसीपुरमा दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपहानगरपालिका ४ घर भई वडा नम्बर ६ मा कोठा भाडामा बस्ने १९ वर्षीय प्रदीप बिक र किरण रानालाई सोही घरमा बस्ने महिलालाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

दाङमा बलात्कार अभियोगमा दुई युवा पक्राउ

साउन ४ गते राति साढे ११ बजे महिलालाई बलात्कार गरी रानाको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलमा फरार भएका विकलाई मंगलबार दिउँसो तुलसीपुरबाटै पक्राउ गरेको शाहीले जनाए ।

रानालाई भने आइतबार घरबाटै पक्राउ गरेको उनले बताए । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता शाहीले जानकारी दिए ।

प्रकाशित : श्रावण १०, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?