कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

भेरी अस्पतालमा बिरामीको चाप थेगिनसक्नु

बिरामी राख्न बेड नै अभाव
ठाकुरसिंह थारु

नेपालगन्ज — वर्षा सुरु भएसँगै बिरामीको चाप बढेपछि यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरी अस्पतालको आकस्मिक कक्षमा बिरामी राख्ने शय्याको अभाव भएको छ । १६ शय्याको आकस्मिक कक्षमा ३० देखि ४० जना बिरामीहरुलाई राखेर उपचार गर्नुपर्ने बाध्यता अस्पताल प्रशासनलाई आइपरेको छ । शय्या बढाउने प्रयास भने भइरहेको प्रशासनले जनाएको छ ।

भेरी अस्पतालमा बिरामीको चाप थेगिनसक्नु

उक्त अस्पतालमा बाँके बाहेक लुम्बिनी प्रदेशका अन्य जिल्ला, कर्णाली र सुदूरपश्चिम जिल्लाका अस्पतालहरुबाट बिरामीहरु रिफर भएर उपचारका लागि आउने गर्छन् । जसका कारण भेरीमा उपचारका लागि आउने बरामीको चाप थेगिनसक्नु भएको हो । वर्षाका समयमा बढीजसो रुघाखोकी, ज्वरो, झाडापखाला, पेट, दुख्ने लगायतका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । त्यस्तै, अस्पतालको ओपीडीमा पनि बिरामीको संख्या अत्यधिक बढेको छ ।

हाल दैनिक ५ सय बिरामीहरु ओपीडीबाट उपचार सेवा लिन आउने गरेका छन् । अस्पतालका सुपरिटेन्डेन्ट तथा छाला रोग विशेषज्ञ डा. बद्री चापागाईंले बिरामीको चाप बढेसँगै आकस्मिक सेवा कक्षमा शय्या अभाव भएको बताए । उनले आकस्मिक कक्षमा बिरामी नअटेपछि शय्या थपेर उपचार सेवा दिइरहेको जनाए । ‘इमरजेन्सीमा बिरामीको चाप बढेपछि जेनतेन शय्या थपेर उपचार सेवा दिइरहेका छौं । ओपीडीमा पनि उस्तै चाप छ,’ उनले भने,‘यसैगरी बिरामी थपिँदै जाने हो भने थेग्न सक्ने अवस्था रहँदैन ।’

डेढ सय शय्या रहेको भेरी अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचारमा समस्या हुँदै आएको छ । अस्पतालको दक्षिणतर्फ रहेको निमार्णाधीन भवनको काम अझै सकिएको छैन । निमार्णको काम सकिए बिरामी राख्न सहज हुने अस्पताल प्रशासनले जनाएको छ । भाइरल ज्वरोबाहेक अस्पतालमा सर्पदंशका बिरामीहरु पनि बढेका छन् ।

प्रकाशित : श्रावण १०, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?