कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्ग छेउमा होटल चलाउँदै आएका दम्पतीको हत्या

जे पाण्डे

नेपालगन्ज — राजमार्ग छेउमा होटल सञ्चालन गर्दै आएका एक दम्पतीको हत्या भएको छ । कोहलपुर नगरपालिका-१४ पार्वतीपुर नजिकैको ओडारपुरमा होटल चलाउँदै आएका २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मंगलबार मध्यराति हत्या भएको प्रहरीले जनाएको छ ।

राजमार्ग छेउमा होटल चलाउँदै आएका दम्पतीको हत्या

नेपालगन्ज कोहलपुरको व्यस्त राजमार्गको छेउमै होटल व्यवसाय गर्दै आएका दम्पतीको हत्या कसले र किन गर्‍यो भन्नेबारे अनुसन्धान भैरहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

गडेरियाका बुबा-आमा तीर्थ गएको मौका छोपी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या गरिएका कृष्णकुमारका दाजु-भाउजु माथिल्लो तलामा सुतेकाले घटना भएको थाहा नपाएको बताएका छन् ।

प्रहरीले दुवै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा पठाएको छ ।

प्रकाशित : श्रावण १०, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?