२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

दाङमा तीन वर्षीया बालिका बलात्कृत

दुर्गालाल केसी

दाङ — जिल्लामा तीन बर्षिया बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिका ५ की ३ वर्षीया बालिकालाई स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कारपश्चात् भीरबाट खसालेको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेपछि उनले कानमा लगाएको सुनको मुन्द्रा लुटेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए । बालिकाको नेपालगन्जमा उपचार भइरहेको छ । ती बालिकाको स्वास्थ्य अवस्था सुधार भइरहेको डीएसपी अर्यालले बताए ।

बलात्कारमा संलग्न किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको अर्यालले जानकारी दिए । उनका अनुसार आरोपी किशोरले अपराध स्वीकार गरेका छन् ।

प्रकाशित : श्रावण ८, २०७९ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?