१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा ९ जना पक्राउ

१ सय ५० जना युवायुवती निगरानीमा
अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट  रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ  गरेको छ । ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा संचालक ९ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा ९ जना पक्राउ

प्रहरीले सेन्टरमा कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने कार्यरत करिब १ सय ५० जनालाई कार्यालयभित्रै निगरानीमा राखेको छ । कार्यालय सिल गरी उनीहरुमाथि सोधपुछ थालेको केसीले जनाए ।

तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।


प्रकाशित : श्रावण ८, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?