लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको चालु दसौं अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाले आइतबारका लागि बैठक बोलाएको भए पनि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सरकारले अचानक बजेट अधिवेशन अन्त्य गरेको हो । 

सरकारको निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले शुक्रबारकै मिति राखेर चलानी बिनाको विज्ञप्ति शनिबार बिहान ५ बजे सार्वजनिक गरेको थियो । पत्रमा मन्त्रिपरिषद्‌को सिफारिस भने पनि कहिलेको मन्त्रिपरिषद् बैठकको सिफारिस भन्ने पनि उल्लेख छैन ।

कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले सूचना जारी गरेर सभा अन्त्य गरेको जानकारी गराएका हुन् । प्रदेश प्रमुखको विज्ञप्ति सार्वजनिक भएको केहीबेरमै प्रदेशसभा सचिवालयले पनि फेसबुक पेजमा सूचना राख्दै शुक्रबार बिहान साढे ५ बजे नै अधिवेशन अन्त्य भएको जानकारी गराएको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको जनाएका छन् । प्रदेशसभाको दसौं अधिवेशनको असार १५ गतेको बैठकले सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको थियो ।



प्रकाशित : श्रावण ७, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा ३३५ जना नयाँ संक्रमित थपिए 

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ९९६ पीसीआर परीक्षणबाट २१६ जना र एन्टिजेन परीक्षणबाट ११९ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

कोरोनाबाट डिस्चार्ज हुनेको संख्या भने ८६ रहेको छ । सक्रिय संक्रमितको संख्या भने देशभर २ हजार ९७१ रहेको छ ।

प्रकाशित : श्रावण ७, २०७९ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×