१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

माधव अर्याल

पाल्पा — बालिकालाई जर्बजस्ती करणी आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । तानसेन नगरपालिका–६, कुन्सरेका १३ वर्षीय बालकले ३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तीन वर्षीया बालिकालाई करेसाबारीमा लागेर जबर्जस्ती करणी गर्न खोजेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घटनाको सम्बन्धमा उजुरी पर्नासाथ प्रहरीचौकी बर्तुङ र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले बालकलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?