कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

रुपा गहतराज

नेपालगन्ज — प्रहरीले कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रबाट करिब साढे २ ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ८ पिपिरी शीतलनगरकी खगीसरा सुनार र कोहलपुर नगरपालिका १ कौशिलानगरका जीवन लामिछाने रहेका छन् । प्रहरीले लामिछानेलाई आइतबार र सुनारलाई सोमबार दिउँसो ४ बजे नियन्त्रणमा लिएको हो । 

कोहलपुर नगरपालिका८ पिपिरी शीतलनगरस्थित खगीसरा सुनारको घरमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक गोपालकुमार मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले खगीसरालाई आफ्नै घरको कोठामा शंकास्पद अवस्थामा फेला पारेको थियो ।

डिजिटल मेसिनमा राखी तौल गर्दा प्लास्टिकसहित एक ग्राम २० मिलीग्राम र प्लास्टिक हटाई तौल गर्द ५२० मिलिग्राम ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्ल मल्लले बताए ।

यस्तै आइतबार कोहलपुर नगरपालिका १ कौशिलानगर बस्ने अन्दाजी २६ वर्षीय जीवन लामिछानेले बैजनाथ गाउँपालिका ४ नौलपुरस्थित आफ्नो ससुराली छलीकुमारी पुनमगरको घरमा लागूऔषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएको हो । प्रहरीले जीवन बसेको कोठामा लुकाइराखिएको २३ वटा प्लास्टिकको पुडियामा रहेको ब्राउनसुगर प्लास्टिकसहित तौल गर्दा २ ग्राम ८० मिलिग्राम र प्लास्टिक हटाई तौल गर्दा एक ग्राम ९५० मिलीग्राम लागूऔषध फेला परेको छ ।

सुनार र लामिछानेका साथबाट बरामद भएको ब्राउन सुगर करिब साढे २ ग्राम रहेको प्रहरीले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरीले नेपालगन्ज भन्सार कार्यालय अगाडिबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट भन्सार कार्यालयको अगाडि चेक प्वाइन्टमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक तिलकबहादुर मगर कमान्डको टोलीले मंगलबार भारतको रुपइडिहाबाट नेपालगन्ज आउँदै गरेका नेपालगन्ज १८ का २७ वर्षीय सुदीप महतरालाई ब्राउन सुगर र विभिन्न लागूऔषधसहित नेपालगन्ज १६ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको सशस्त्र प्रहरी बिओपी जमुनाहा बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले बताए ।

प्रकाशित : असार २८, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?