कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठानमा चट्याङ : दुई बालक गम्भीर घाइते

११ जना घाइते
शमशेरविक्रम जीसी

प्यूठान — सोमबार रातिको अविरल वर्षासँगै परेको चट्याङले प्यूठानमा ११ जना घाइते भएका छन् ।

प्यूठानमा चट्याङ : दुई बालक गम्भीर घाइते

जिल्लाकाे ऐरावती गाउँपालिका-६ बिजुलीकाेटमा चट्याङ पर्दा पाँच जना घाइते भएका हुन् । घाइते हुनेहरूमा स्थानीय ७ वर्षीय राेमन परियार, १२ वर्षीय किरण परियार गम्भीर घाइते भएका छन् । त्यस्तै अरू पाँच जना पनि घाइते भएका छन् । घाइते हुनेमा दिपक परियार, सपना परियार, सुवर्ण परियार, एलिसा परियार, सगुन परियार पनि घाइते भएकाे वडा अध्यक्ष भरत खड्काले जानकारी दिए ।

यस्तै, ऐरावती गाउँपालिका वडा न-१ दाङवाङमा पनि सोमबार राति चट्याङ पर्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा एकै घरका तीन जना पनि रहेका छन् । घाइते हुनेमा पबी नेपाली, लिला नेपाली, अञ्जली नेपाली र सीता नेपाली घाइते भएकाे ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए । बिहान साढे तीन बजेतिरकाे समयमा चट्याङ परेकाे थियाे । घाइते सबैलाई उपचारका लागि बिजुवार पठाइएकाे छ ।

प्रकाशित : असार २१, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?