१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बुटवल र सैनामैना जोड्न पुल निर्माण

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदी पुल कर्साघाट निर्माण सकिएको छ । १३ करोड ९० लाख ३६ हजार रुपैयाँ लगानीमा १ सय २७ मिटर लामो पुल निर्माण भएको हो ।

बुटवल र सैनामैना जोड्न पुल निर्माण

पुल निर्माणपछि अब बुटवल-१५ र सैनामैना-१ जोडिएका छन् । यसले कृषि उपज बजारसम्म ल्याउन; विद्यार्थीहरू स्कूल‚ कलेज आउन सहज भएको छ । पुल नहुँदा सैनामैनाका किसानले सहज रुपमा कृषि उपज बजारमा ल्याउन सकेका थिएनन् ।

संघीय सरकारको लगानीमा २०७४ असार २९ गतेदेखि पुल निर्माण थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार एक कार्यक्रमका बीच पुलको उद्घाटन गरे । पुल उद्घाटन गर्दै उनले विकासका काममा राजनीति नगर्न र विभाजित नहुन आग्रह गरेका छन् । विकासको प्रतिफल नागरिकले पाउने भएकाले कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अवरोध हुन नहुने उनले बताए ।

पौडेलले तिनाउ-दानव नदी करिडोरको विषयमा जनतालाई भ्रम सिर्जना गर्ने काम भएको बताउँदै त्यसो नगर्न आग्रह गरे ।

प्रकाशित : असार २०, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?