कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाल्डोमा डुबेर बालिकाको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका ८ निवासी रीना रावतकी ४ वर्षीया छोरी रेश्मा रावतको शुक्रबार खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गढवा गाउँपालिका-१ रङसिङ खोलास्थित पुल निर्माण हुँदै गरेको स्थानमा पानी जमाउनका लागि निर्माण गरिएको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

रीनाका श्रीमान् उक्त स्थानमा काम गर्दै आएको र श्रीमान् भेट्न गएको समयमा कपडा धुन र नुहाउन गएको बेला पानी भएको खाल्डोमा डुबेर रेश्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १७, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?