कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरी अस्पतालबाट ५ जना बिचौलिया पक्राउ 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालमा  बिरामीलाई उपचारका नाममा दु:ख दिने  पाँच जना बिचौलिया पक्राउ परेका छन् । अस्पतालमा आएका बिरामीलाई आफूअनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न दबाब दिने बिचौलियालाई प्रहरीले मंगलबार  नियन्त्रणमा लिएको हो।

भेरी अस्पतालबाट ५ जना बिचौलिया पक्राउ 

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दु:ख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको बताए । पछिल्लो समयमा भेरी अस्पताल परिसरबाट अस्पतालका कर्मचारी, बिरामी कुरुवालगायतको मोटरसाइकल, साइकल र सामान चोरी हुने क्रम बढ्दै गएपछि प्रशासनले सक्रियता बढाएको हो ।

भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेका थियो ।

प्रकाशित : असार १४, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?