कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्योतिनगर जलमग्‍न

सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा ढलले निकास नपाएर जम्मा भएको पानीले भेलबाढीको रुप लिएर घरघरमा पसेको छ । सोमबार रातिदेखि आएको पानी जम्मा भएर घरघरमा लेदोसहितको भेल पसेको हो ।

नगर प्रहरीले ज्योतिनगरमा बुझिएको ढल खुलाएको र स्थानीयलाई सुरक्षित गरिएको जनाएको छ । बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार त्यहाँ कम्तीमा सात घरमा भेलबाढी पसेको खबर आएको छ ।

सहरमा ढलको व्यवस्थापनमा हेलचक्र्याइँ गर्नाले यहाँका स्थानीयले बर्सेनि भेलबाढीको समस्या झेल्नु परेको छ । बर्खाको समयमा तिनाउ उर्लेर आउँदा पनि समस्या निम्त्याउने गरेको छ ।

प्रकाशित : असार १४, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?