कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जनतासँग मेयर, हाम्रो सपना स्मार्ट तिलोत्तमा’

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगर प्रमुख रामकृष्ण खाँणले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

‘जनतासँग मेयर, हाम्रो सपना स्मार्ट तिलोत्तमा’

नीति तथा कार्यक्रममा ‘जनतासँग मेयर, हाम्रो सपना स्मार्ट तिलोत्तमा’ भन्ने नारालाई अघि सारिएको छ । जसअन्तर्गत रेडियो, टेलिभिजन, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षणजस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

त्यस्तै सामुदायिक विद्यालयमा छात्रालाई सेनेटरी प्याड नि:शुल्क गरिनुका साथै ‘विषादीमुक्त खानपान, तिलोत्तमाको पहिचान’ लाई पनि अघि सारिएको छ । ज्येष्ठ नागरिकको सहज र सम्मानपूर्वक जीवनयापनका लागि हरेक वडामा तिलोत्तमा चौपारी निर्माण गरिने नगर प्रमुख खाँणले बताए ।

एक विद्यालय एक पुस्तकालय तथा ई-लाइब्रेरी स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरिने र तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएकोमा आगामी ५ वर्षमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गरी संघ र प्रदेशसँग समन्वयात्मक पहल गरिने उल्लेख छ ।

प्रत्येक सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरूमार्फत घरपरिवारमा सफासुग्घर रहन जनचेतना जगाउने कार्यक्रमलाई अझ प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । हरेक महिनाको १ र १५ गतेका दिन सञ्चालन हुँदै आएको नगर सरसफाइ अभियानलाई अझै उत्साहका साथ निरन्तरता दिइने जनाइएको छ ।

कोखदेखि शोकसम्म अभियान सञ्चालन गरी गर्भवती तथा सुत्केरी महिला लक्षित निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी महिलाका लागि पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ:

प्रकाशित : असार ९, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?