कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्ब ६३ करोड ६५ लाखको बजेट

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्ब ६३ करोड ६५ लाखको बजेट

उपमहानगरपालिकाको ११ औं नगरसभामा बिहीबार उपप्रमुख कमरुद्धिन राईले २०७९/८० का लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।

बजेट प्रस्तुत गर्नुअघि नगर प्रमुख प्रशान्त विष्टले २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुख प्रशान्त विष्टले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ नगरको स्तरोन्नति हुने तथ्यलाई आत्मसाथ गर्दै वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको बताए ।

सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सहभागी थिए ।

प्रकाशित : असार ९, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?