कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पासोमा परेर पाटे बाघको मृत्यु

कमल पन्थी

बर्दिया — कैलालीको टिकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ ।

पासो थाप्ने चोरी सिकारी हुन् वा कसैले मारेको हो भन्नेबारे कैलालीको पहलवानपुरस्थित वन कार्यालयले अनुसन्धान गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

उक्त बाघ बर्दिया निकुञ्जबाट निस्किएर सामुदायिक वनमा पुगेको थियो । पाटे बाघलाई रेडियो कलर जडान भएको स्रोतको भनाइ छ । सोमबार मृत अवस्थामा फेला परेको बाघ बुधबार सार्वजनिक गरिएको थियो । अनुसन्धान भइरहेकाले यसको कुनै हद म्याद नभएकाले चाँडै नै बाघ मारिएको घटना सार्वजनिक हुने निकुञ्जले जनाएको छ । बाघलाई चोटपटक लागेको अनुसन्धानमा देखिएको छ ।

प्रकाशित : असार ९, २०७९ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?