कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवाको सुधारगृहका बन्दीलाई स्थानान्तर गर्न लाग्दा तनाव

काठमाडौँ — भैरहवास्थित बाल सुधारगृहका युवाहरूलाई स्थानान्तरण गर्ने क्रममा तनाव उत्पन्न भएको छ । यस क्रममा प्रहरी डीएसपी नवरत्न पौडेलसहित २ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

भैरहवाको सुधारगृहका बन्दीलाई स्थानान्तर गर्न लाग्दा तनाव

अहिले सुधारगृहभित्र रहेका युवाहरूको समूहले तोडफोड गर्नुका साथै अराजक गतिविधि देखाएको सुरक्षाकर्मीले जनाएका छन् । सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि नै जाइलागेको डीएसपी पौडेलले भने ।

उनीहरूले सुधारगृहभित्र सीसा फुटाउने, चक्कु प्रहार गर्न खोज्ने तथा आत्महत्या प्रयास गर्ने जस्ता गतिविधि देखाइरहेका छन् । साथै उनीहरूले नारावाजी गर्दै हिंसात्मक गतिविधि देखाएको सुरक्षाकर्मीले जनाए ।

सुधारगृह प्रमुख सुभद्रा गौतमका अनुसार सुधारगृह साँघुरो भएकाले स्थानान्तरण गर्न खोज्दा युवाहरू आक्रामक बनेका हुन् । हाल भैरहवाको सुधारगृहमा १०८ जना युवाहरू रहेका छन् ।

यसअघि पनि सुधारगृहभित्रका युवाहरू बाहिर निस्कने र लागूऔषध ओसारपोसार गर्ने गरेको खुलेको थियो । गत शनिबार पनि उनीहरूलाई लागूऔषध सप्लाइ गर्न रोक्न खोज्दा उनीहरू आक्रमण बनेका थिए । स्थानीयहरू भने होहल्ला भएको भन्दै सुधारगृहमा डेलिगेसन समेत गएका थिए ।

भैरहवा सुधारगृहमा हाल लागूऔषध लगायत विभिन्न मुद्दा खेपेका बालबालिकादेखि २५ वर्षसम्मका युवकहरू छन् । प्रमुख सुभद्रा गौतमका अनुसार सुधारगृहमा विशेषगरी १० जना युवाहरूले अराजक गतिविधिको नेतृत्व गर्दै आएका छन् ।

प्रकाशित : असार ७, २०७९ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?