कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिनाउमा पुरुषको शव फेला

सन्जु पौडेल

तिलोत्तमा — बुटवलको तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

नदीले बगाएर ल्याएका दाउरा समात्ने क्रममा ती पुरुषलाई खोलाले बगाएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले जानकारी दिए ।

उक्त शव बुद्धनगरका स्थानीय ६५ वर्षीय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित : असार ६, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?