कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

अर्घाखाँची उद्योग वाणिज्य संघमा मिश्र निर्विरोध

वीरेन्द्र केसी — अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले निकटका युवा व्यवसायी प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका छन् । छैठौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल, वाणिज्य उपाध्यक्षमा दिलबहादुर वली, उद्योग उपाध्यक्षमा काजी श्रेष्ठ, महासचिव तुल्सीराम खनाल, सचिव सन्तोष बस्नेत, कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ र सहसचिवमा लेखनाथ भुसाल चयन भएका छन् ।

अर्घाखाँची उद्योग वाणिज्य संघमा मिश्र निर्विरोध

मिश्रको अध्यक्षमा संघको २३ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमलप्रसाद घिमिरेले बताए ।

उपाध्यक्ष वली, महासचिव खनाल र चार सदस्य राजमो निकटका हुन् भने अरु सबै एमाले निकटका व्यवसायी हुन् । अधिवेशनमा एमाले र राष्ट्रिय जनमोर्चा निकट व्यवसायीहरु तालमेल गरेर प्यानलै उम्मेदवार घोषणा गरेपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका व्यवसायीले चुनाव हारिने डरले साधारणसभामा नै भाग लिएनन् । तीन पार्टी निकट व्यवसायीले पत्रकार सम्मेलन गरी साधारणसभा र अधिवेशन बहिष्कार गरेको बताएका थिए ।

स्थानीय तह चुनावमा राजमो पनि ५ दलीय गठबन्धनमा थियो । उद्योग वाणिज्य संघको अधिवेशनमा पनि ५ दल मिलेर जाने भन्नेमा छलफल भइरहेको बेला राजमो गठबन्धनबाट बाहिरिएर एमालेतिर लागेको हो । चुनाव लड्नबाट वञ्चित गराएको भन्दै कांग्रेस जिल्ला नेतृत्वप्रति निकट व्यवसायी नै असन्तुष्ट छन् ।

प्रकाशित : जेष्ठ २९, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×