कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मान्छे मार्ने बाघ नियन्त्रणमा

कमल पन्थी

बर्दिया — डिभिजन वन कार्यालयको समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले खाता जैविक मार्गमा हिंस्रक बाघ नियन्त्रणमा लिएको छ । 

मान्छे मार्ने बाघ नियन्त्रणमा

बिहीबार राति करिब सात बजे उक्त पोथी पाटेबाघ नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालयअन्तर्गत खाता जैविक मार्गको गणेश सिसनिया सामुदायिक वनबाट उक्त बाघलाई नियन्त्रणमा लिइएको जिल्ला वन अधिकृत प्रवीण बिडारीले बताए । नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वार लगिने उनले जनाए ।

बाघ बुढो भइसकेको र खुट्टामा चोट लागेको निकुञ्ज स्रोतले बतायो । मधुवन-२ सोनाहा फाटामा दुई साताअघि सोही बाघले आक्रमण गरेपछि कौशिका पालको मृत्यु भएको थियो । लगत्तै सोमबार बिहान सोही ठाउँमा अस्मिता थारुलाई उक्त बाघले आक्रमण गरेपछि घाइते बनाएको थियो ।

यसै विषयलाई लिएर उक्त हिंस्रक बाघलाई नियन्त्रणमा लिन स्थानीय आन्दोलित भएका थिए । आन्दोलनको क्रममा प्रहरीको गोली लागि एक युवतीको मृत्युसमेत भएको थियो । घटनामा प्रहरीको गोली लागी एक जना घाइते भएका थिए । करिब दर्जन प्रहरी घाइते भएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७९ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×