कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीयलाई नागरिकता दिलाउन खोज्ने पक्राउ

कपिलवस्तु — नक्कली बाबु बनेर भारतीयलाई नेपाली नागरिकता दिलाउन खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् । कागजातसहित भारतीयलाई नेपाली नागरिकता बनाउन इलाका प्रशासन कार्यालय चन्द्रौटा पुगेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

भारतीयलाई नागरिकता दिलाउन खोज्ने पक्राउ

पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ कटुवाका ४० वर्षीय दयाराम गडरिया, भारतीय नागरिक १७ वर्षका रामु गडरिया र नागरिकता बनाउने कार्यमा सहयोग गर्न आएका शिवराज–१० लालपुर बस्ने २२ वर्षका अयोध्या पाल छन् । तीनै जनालाई वडा प्रहरी कार्यालय चन्द्रौटामा हिरासतमा लिई थप अनुसन्धान भइरहेको नायब प्रहरी उपरीक्षक जेसी शाहले बताए । शिवराज नगरपालिकाका दयाराम गडरियाले भारतीय नागरिक रामु गडरियाको नक्कली बुबा बनेर नागरिकता बनाउन कागजात पेस गरेका थिए । शंकास्पद व्यक्ति नागरिकता बनाउन गएको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

नागरिकता ऐनको दफा २१ को १ मा उल्लेख भएबमोजिम विदेशीले नेपाली नागरिक भएको दाबी गरी नागरिकता लिने व्यक्तिलाई एकदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । त्यस्तै दफा २१ कै उपदफा २ मा नागरिकता दिलाउन सनाखत या सिफारिस गर्नेलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?