आगामी बजेट खर्च गर्न सकिने सानो हुनेछ : उपाध्यक्ष क्षेत्री - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी बजेट खर्च गर्न सकिने सानो हुनेछ : उपाध्यक्ष क्षेत्री 

सन्जु पौडेल

लुम्बिनी — लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाउने बताएका छन् । उनले ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए ।

सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठूलो आकारको बजेटभन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए । ‘कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौती नगरी सुविधा दिने प्रयास गरिनेछ,’ उनले भने, ‘कृषि उत्पादन बढाउनका लागि कृषि विकास बैंक र सहकारीबाट सहुलियत ब्याजमा ऋणको व्यवस्था गरिनेछ ।’ उनले स्वच्छ खानेपानी सय प्रतिशत पुऱ्याउने गरी बजेट बन्ने बताउँदै गरिबी निवारण घटाउने गरी बजेट बन्ने जनाए ।

प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने उनको दाबी छ । उनले बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउँदै अब विकास निर्माणका बजेट पार्नका लागि पाँच वटा मापदण्ड पूरा गरेर मात्र बजेट माग गर्न सकिने बताए ।

नयाँ प्रणाली सुरु गरिएकाले अब निवेदनको आधारमा मात्र सांसद, नेताहरुको भनाईको भरमा बजेट नपाइने उनले बताए । उनले मापदण्ड पूरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरले नमान्ने बताए । १० वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएको समेत उनले जानकारी दिए ।

प्रदेश सांसद कमलप्रसाद श्रेष्ठले साधारणतर्फको खर्च घटाउने र पूँजीगततर्फको खर्च बढाउने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए । उनले लोकप्रियता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउँदै ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको समृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनुपर्ने तर्क गरे ।

प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धी मूलक बजेट बनाउनुपर्नेमा जोड दिए । उनले उत्पादन बढाउने गरी बजेट ल्याउनु पर्ने र विदेशी आयातलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको बताए ।

प्रकाशित : जेष्ठ २३, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

धरानको छोटीमोरङमा ४० फिट अग्लो बुद्धप्रतिमा

अब १७५ फिट अग्लो थाउजेण्ड बिग बुद्ध पनि निर्माण हुने
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिका–४ छोटीमोरङस्थित थुम्की डाँडामा ४० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिएको छ । सरकारले ०७४ साउन १६ गते १०.२० हेक्टर जमिन सूर्योदय बुद्धविहार धार्मिक वनको रुपमा प्रयोग गर्न उपलब्ध गराएको थियो ।

सोही क्षेत्रमा बौद्ध धार्मिक उपासक, ध्यान प्रेमी र अन्य आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले करिब ३५ लाख रुपैया लागतमा बुद्धको प्रतिमा स्थापना गरिएको हो ।

धनकुटा र धरानको बीचमा पर्ने भेडेटार बजार नजिकै स्थापना गरिएको बुद्धको प्रतिमा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ्ले आइतबार अनावरण गरेका थिए भने बौद्ध धार्मिक विधिबाट प्राण प्रतिष्ठा भरिएको थियो । बौद्ध विहारका प्रमुख भिक्षु मेद्याङ्कर स्थवीर (नारायण आले)ले भने, ‘यो डाँडामा बुद्धको प्रतिमा राख्नुको उद्देश्य धेरै छ । सूर्योदय विहार पहिलेदेखि नै रहेकाले प्रकृतिकरुपमा सुन्दर, शितल र शान्त स्थान भएकाले सबैभन्दा अग्लो बुद्धको प्रतिमा राख्ने कल्पना एक दशक अघि गरिएको थियो तत्कालिन हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापासँग । उहाँसँग छलफल गरेपछि जमिन प्राप्त गर्ने प्रक्रियामा लाग्यौं । सरकारले पनि दियो । त्यसमा यो ४० फिट अग्लो बुद्ध प्रतिमा राखिएको हो ।’

हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष समेत रहेका बुद्ध विहार व्यबस्थापन समितिका अध्यक्ष प्रदीप थापाले पहिलो चरणमा ४० फिटको बुद्ध प्रतिमा स्थापना भएको र दोश्रो चरणमा करिब सवा अर्व रुपैया लागतको विशाल अग्लो बुद्धप्रतिमा राख्ने कार्यमा जुटेको उनले बताए ।

मुख्य प्रतिमाका लागि कन्सल्टेन्ट ली कवुर्सियर्सले डिपिआर तयार गरिरहेको छ । एक महिना भित्रमा डिपिआर तयार गरेपछि १० वर्षभित्र सूर्योदय बुद्ध विहार धार्मिक वनक्षेत्रमा थाउजेण्ड बिग बुद्धको प्रतिमा निर्माण गरिसक्ने भिक्षु मेद्याङकर स्थवीरले बताए ।


फोटो







प्रकाशित : जेष्ठ २३, २०७९ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×