१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

अंश मुद्दा: मिलापत्र गर्न जाने क्रममा परासीमा गोली चल्यो

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका-४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन। 

सोमबार जिल्ला अदालत परासीमा अंश मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहार गर्ने यादव फरार रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेम बहादुर शाहीले बताए । जिल्ला अदालत अगाडी दिउँसोको समयमा नै गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?