१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लुम्बिनी प्रदेशकी एक्ली महिला गाउँपालिका अध्यक्ष

माधव अर्याल

पाल्पा — बगनासकालीकी सरस्वती चिदी लुम्बिनी प्रदेशमै एक्लो महिला गाउँपालिका अध्यक्ष भएकी छन् । १० स्थानीय तहमा एक्ली महिला गाउँपालिका अध्यक्ष मात्र होइन ८१ वडामा एक्लो वडाध्यक्ष तिनाउ गाउँपालिका–५, कोलडाँडा मरामकोटबाट इन्द्राकुमारी गाहा चिदी भएकी छन् ।

लुम्बिनी प्रदेशकी एक्ली महिला गाउँपालिका अध्यक्ष

लुम्बिनी प्रदेशभरका नगरपालिकामध्ये पश्चिम नवलपरासीको सुनवलमा भने विमला अर्याल मेयरमा निर्वाचित भएकी छन् । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८१ वटै वडामा पुरुष मात्र वडाध्यक्ष थिए । यसपटक भने एक जनाले जित हासिल गरेकी हुन् । तिनाउ गाउँपालिका–५, कोलडाँडा मरामकोटबाट चिदीले एमालेबाट महिला वडाध्यक्ष हुने अवसर पाएकी हुन् । जिल्लाका ८० वडामा पुरुष वडाध्यक्ष मात्र छन् । यसअघिको निर्वाचनमा एमालेले महिला वडाध्यक्ष उठाएपनि जित्न सकेका थिएनन् । माथागढी, तिनाउलगायतमा वडाध्यक्षमा महिला उम्मेदवार थिए । यसपटक चिदीले चार सदस्य फरक पार्टीकाले जित्दा एक्लै लोकप्रिय मत ल्याएर जितेकी हुन् ।

चिदी मगर यसअघिको निर्वाचनमा सोही वडामा वडा सदस्य निर्वाचित भएकी हुन् । उनलाई पार्टीले जिल्ला समन्वय सदस्यमा लगेको थियो । उनलाई वडाध्यक्षमा उम्मेदवार बन्न वडा कमिटीबाटै सर्वसम्मत भएको थियो । अनेमसंघको जिल्ला सदस्य हुँदै पार्टीको जिल्ला कमिटीमा दुई पटक सदस्य भएकी चिदीले विकास निर्माणका योजनाका साथै गाउँमा कोभिडमा खटेर काम गरेकाले नै लोकप्रिय मत पाएको बताइन् । उनले ५ नम्बरमा एमालेबाट एक्लै जितेकी छन् । उनले ९ सय ४५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी गणेशबहादुर रास्कोटीले भने ६ सय ७७ मत पाएका छन् । उनका सारथिहरु पनि तीन जना कांग्रेस र एक जना माओवादी केन्द्रबाट सदस्य छन् ।

तिनाउ गाउँपालिका–३, श्रीडाँडा माइती भएर ५ मा घरजम गरेकी चिदी कोलडाँडा कृषि महिला सहकारी संस्थाको सल्लाहकारसमेत छन् । ‘केही पुरुष साथीहरु पनि आकांक्षी नभएको होइन, तर वडामा सबैले मलाई नै सर्वसहमति गरिदिनुभयो,’ उनले भनिन्, ‘त्यसैले मलाई लोकप्रिय मत पनि आएको छ । मेरा साथीहरु केही कारणवश आउन सक्नु भएन । तर पनि हामी मिलेर अघि बढ्ने छौं ।’ भूगोलका हिसाबले तिनाउ खोलापारि र वारि वडा पर्छ । वडा भवन खोलामा छ । खोलापारि कोलडाँडा, भोगटेछाप, घुँघराछाप, बिस्कुनडाँडा टोल पर्छ । तिनाउ खोला वारि क्षेत्रमा पातल, केराबारी, २४ माइल, मरामकोट, चर्चरे, झाक्से लगायत छ ।

वडाका महिला, पिछडिएका समुदायको सशक्तिकरण, आयआर्जनमा जोड्ने र ज्ञानसीप प्रदान गर्ने योजना चिदीको छ । जिल्लासम्म चिनजानको आधारले पनि गाउँको विकास गर्न सक्छु भन्ने आत्मविश्वास उनमा देखिएको छ । ‘शिक्षाको क्षेत्र, सडक, खानेपानी लगायतका क्षेत्रमा काम गर्ने योजना बनाएकी छु,’ उनले भनिन्, ‘भूगोलका हिसाबले विकट क्षेत्र पनि रहेकाले समानुपातिक विकासमा ध्यान दिनेछु ।’ उनले वडामा माध्यमिक विद्यालय भएपनि सबैलाई पायक पर्ने स्थानमा नभएकाले प्लस टु वडा कार्यालय भवन रहेको स्थानमा खोल्ने योजना पनि अगाडि बढाएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?