कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामै एक्ला दलित वडाध्यक्ष 

माधव अर्याल

पाल्पा — पाल्पाका १० स्थानीय तहमा ८१ वडा मध्ये दलित समुदायबाट वडाध्यक्षमा एउटा वडामा मात्र प्रतिनिधित्व भएको छ । रामपुर नगरपालिका–२, गाँडाकोटबाट वडाध्यक्षमा कृष्णबहादुर दर्जी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट जितेका हुन् । 

पाल्पामै एक्ला दलित वडाध्यक्ष 

उनले ७ सय ९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर थापाले ४ सय १५ मत पाए । दर्जीलाई साथ दिन खेमबहादुर कुमाल, शिवशंकर जीसी, खुममाया थापा र तेजकुमारी गैरे नेपाली वडा सदस्यमा निर्वाचित भएका छन् ।

२०५० सालदेखि नेविसंघको राजनीति गरेको दर्जी कांग्रेसको दुई पटक जिल्ला कमिटी सदस्य भएका थिए । उनीसंगै वडाबाट नौ जनाको सिफरिस आए पनि पार्टीको विश्वासबाट उम्मेदवार भए । अघिल्लो पटक यही वडामा कांग्रेसले जितेकाले यसपटक उनी जित्नेमा विश्वस्त थिए ।

यो वडामा दलित, मगर, कुमाल, खस आर्यलगायत मिश्रित समुदाय छ । मगर, कुमाल र दलित समुदायको चेतनास्तर बढाउन उनले पहल गर्ने बताए । आयआर्जन, स्वरोजगारका कार्यक्रम वडाले संचालन गर्नुपर्ने उनको योजना छ । भारत र तेस्रो मुलुक जाने युवाहरुलाई गाउँमै राख्ने उनले योजना बनाएका छन् । छिटो विवाह गर्ने र भारत लाग्ने युवालाई शिक्षाको चेतनास्तर फैलाउने योजना बनाएका छ्न ।

जिल्लाका अन्य ८० वडामा भने गैरदलितले जितेका हुन् । ठूला राजनीतिक दलहरुले दलितलाई खासै अवसर नै दिएनन् । २०७४ मा दलित वडाध्यक्ष दुई जना थिए । दलित वडाध्यक्ष रम्भा गाउँपालिका–४, हुमिनमा भोजबहादुर विक र रामपुर नगरपालिका–४, रामपुरमा एकबहादुर नेपाली पनि निर्वाचित थिए ।

प्रकाशित : जेष्ठ १३, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?