कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

नेकपा एकीकृत समाजवादी दाङका इञ्चार्जद्वारा राजीनामा

निर्वाचनमा जित हासिल गर्न नसकेका कारण नैतिक रुपमा पदमा बसिरहन उचित नभएको नेता रानाको तर्क
दुर्गालाल केसी

दाङ — नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर रानाले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजवादी दाङका इञ्चार्जद्वारा राजीनामा

सत्ता गठबन्धनका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार भएका रानाले आफू लगायत जिल्लाका सबै उम्मेदवार पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

निर्वाचनमा जित हासिल गर्न नसकेका कारण नैतिक रुपमा पदमा बसिरहन उचित नभएका कारण राजीनामा दिएको रानाले बताएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले निर्वाचनपछि गठबन्धनले आफ्नो पार्टीलाई असहयोग गरेको संकेत गर्दै यसबारे समीक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?