कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासत कक्षमा रहेका थुनुवा मृत फेला

रूपा गहतराज

नेपालगन्ज — बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षमा रहेका थुनुवा मृत अवस्थामा फेला परेका छन् । थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा थुनुवा किसनलाल कुँवर फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

जबरजस्ती करणीका थुनुवा कुँवरले थुनुवा कक्षको शौचालयको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताए ।

घछनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?