कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु
कमल पन्थी

बर्दिया — बाख्रा चराउन जंगल गएकी एक महिलालाई बाघले आक्रमण गर्दा मंगलबार साँझ करिब साढे ५ बजे मृत्यु भएको छ । मधुवन नगरपालिका—२ कोठिया गाउँकी ४९ वर्षीया कौशिका पाललाई बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रविण विडारीले जानकारी दिए ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

जिल्ला वन अधिकृत विडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा बाघले आक्रमण गरेको थियो । खाता रेन्ज पोष्टदेखि करिब २ सय मिटर उत्तरमा बाघले आक्रमण गरेको हो।

बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा पालको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बर्दिया निकुञ्ज र भारतको कतरनियाट वन्यजन्तु आरक्ष जोड्ने यस मार्ग र आसपासका क्षेत्रमा बाघ, हात्ती, गैंडा लगायत वन्यजन्तु ओहोर दोहोर गर्छन् । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?