कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी- लुम्बिनी - कान्तिपुर समाचार

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन् । मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हथजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनी निवर्तमान उपमेयर समेत हुन् । उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन् ।

जिल्लाका १० मध्ये ५ स्थानीय तहको मात्र परिणाम सार्वजनिक भएको छ । ५ स्थानीय तहको मतगणना भइरहेको छ ।

शिवराजसँगै राप्रपाले ३ पालिका प्रमुखमा जित हात पारेको छ । यसअघि झापाको हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिका राप्रपाले जितिसकेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुको मायादेवी गाउँपालिकामा कांग्रेस विजयी

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको मायादेवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सीमासँग सटेर रहेको गाउँपालिकामा कांग्रेसका वलिउद्दीन मुसलमानले जनता समाजवादी पार्टीका बजरंगी कुर्मीलाई ३ सय ९८ मतान्तरले पराजित गरे ।

मुसलमानले ५ हजार २७८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कुर्मीले ४ हजार ८ सय ८० मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकै सरस्वती यादव विजयी भएकी छन् । उनी ५ हजार ३७ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी रश्मीसुधा त्रिपाठीले ४ हजार ५७८ मत ल्याएकी थिइन् ।

जिल्लाको ४ वटा स्थानीय तहको परिणाम आउँदा कांग्रेसको पहिलो जीत हो । ६ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।


प्रकाशित : जेष्ठ ५, २०७९ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×