कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अमृता अनमोल

बुटवल — सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिका नगरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ  ।

बुटवलको कालिकानगरस्थित कालिकाचोकबाट योगिकुटीतर्फ जाँदै गरेका ३८ वर्षीय वसन्त ज्ञवालीको घटनास्थलमै मृत्यु भएको हो । उनले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलसहित सडकको किनारमा रहेको फलामे बारमा ठोक्किएर सडकमा पछारिएका थिए ।

दुर्घटना लगत्तै उद्धार गरी लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ म्याल पोखरी घर भएका उनी बुटवलमा बस्दै आएका थिए ।

प्रकाशित : जेष्ठ ४, २०७९ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?