२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सम्झौता कार्यान्वयन नभएको मधेसी टाइगर्सको दाबी

माधव ढुंगाना

भैरहवा — शान्ति सम्झौता गरी राजनीतिको मूल धारमा आएको तराई मधेस जनता पार्टी (टाइगर्स) ले सरकारसँग भएको सम्झौताको कार्यान्वयन हुन नसकेको जनाएको छ ।

सम्झौता कार्यान्वयन नभएको मधेसी टाइगर्सको दाबी

उक्त पार्टीले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सम्झौताको कार्यान्वयन सरकारी पक्षबाट नभएको बताएको छ । पार्टीका केन्द्रीय सचिव अमर धवल (मेजर) ले शान्ति सम्झौता अनुरुप भएका सम्झौताको कार्यान्वयनका लागि पार्टीले धेरै पटक ज्ञापनपत्र सरकारलाई बुझाउँदा पनि कार्यान्वयन गर्न सरकारले आनाकानी गरिरहेको बताए ।

‘शान्ति सम्झौताका बेला भएका ११ बुँदे माग अहिलेपनि पूरा भएका छैनन्,’ धवलले भने, ‘अहिलेपनि हाम्रा कार्यकर्ता जेलबाट छुटेका छैनन् । सहिद परिवारले क्षतिपूर्ति पाएका छैनन् ।’ आफ्ना माग तथा सम्झौताको कार्यान्वयनका लागि दबाब स्वरुप आउँदो जेठ ७ गते तराईका २२ जिल्लामा एक दिने शान्तिपूर्ण विरोध कार्यक्रम गरिने उनले जनाए ।

तराईका जिल्लामा सशस्त्र संर्घष गर्दै आएको उक्त पार्टी र सरकारबीच २०७१ सालमा शान्ति सम्झौता भएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?