कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलाशयमा डुबेर महिलाको मृत्यु

दुर्गालाल केसी

दाङ — जलाशयमा डुबेर घोराहीमा एक महिलाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका १७ ढिकपुरमा रहेको कृतिम जलाशयमा डुबेर बिहिबार स्थानीय ३० वर्षीया बिबा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिहान नुहाउन गएको बेला चिप्लिएर जलाशयमा डुबेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित : वैशाख २९, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?