कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

बाँकेमा ब्राउन सुगरसहित दुई पक्राउ 

रुपा गहतराज

नेपालगन्ज — बाँके इलाका प्रहरी कार्यालय जमुनाहाले लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउँपालिका ३ बस्ने २३ वर्षीय कृष्णाप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका ९ सारु बस्ने २४ वर्षीया दिपिका पुन मगरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भारतबाट भे१२प१४९७ नम्बरको मोटरसाइलमा दुवै जना चढेर नेपालगन्ज आउने क्रममा शंकाको आधारमा जाँच गर्दा रेग्मीको पाइन्टको खल्तीबाट ६ ग्राम ब्राउन सुगर फेला परेकाले पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहामा राखि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रकाशित : वैशाख २२, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?