कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलोत्तमामा एमालेको तुलना कसैले गर्न सक्दैन : भुसाल

सन्जु पौडेल

तिलोत्तमा — एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् । महाभारत युद्धमा कौरव र पाण्डवबीचको लडाइँजस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा रहेको उनले बताए ।

तिलोत्तमामा एमालेको तुलना कसैले गर्न सक्दैन : भुसाल

‘महाभारतको लडाइँ पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ,’ उनले भने, ‘एमाले यस निर्वाचनमा पाण्डवको रुपमा खडा भएको छ ।’

रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ मा सोमबार आयोजित कार्यक्रममा बोल्दै नेता भुसालले रुपन्देहीका तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको दाबी गरे । उनले अबको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । ‘यहाँ पाँच वर्षमा पर्याप्त पूर्वाधारको विकास भएको छ; अब यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरू अघि बढ्छन्; त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ,’ भुसालले भने ।

तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलना हुन नसक्ने उनको भनाइ थियो । एमालेका उम्मेदवारको तुलनामा अरु कोही उम्मेदवार योग्य भएमा सार्वजनिक बहस गर्न तयार रहेको भुषालले दाबी गरे ।

प्रकाशित : वैशाख १९, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?