कार दुर्घटनामा एकको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार दुर्घटनामा एकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी–८ शमशेरगञ्जको जंगलमा गुडिरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ पूर्वदेखि पश्चिमतर्फ आउँदै गरेको बा. प्र. ०१–०२७ च २५२२ नम्बरको कार अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा डडेलधुराको अमरगडी नगरपालिका–७ की १५ वर्षीया प्रसंसा ऐरको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

दुर्घटनामा कार चालक काठमाडौं बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ३४ वर्षीय कमल केसी र डडेलधुरा अमरगडी नगरपालिका–७ का ३९ वर्षीय डम्मर ऐर घाइते भएका छन् ।

प्रकाशित : वैशाख १९, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

कोहलपुर मेयरका बागी शर्माले उम्मेदवारी फिर्ता लिए

रूपा गहतराज

नेपालगन्ज — कोहलपुरको मेयर पदमा बागी उम्मेदवारी दिएका कांग्रेसका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले बागी उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीको निर्णय आफूले मानेर जाने बताउँदै प्रदेश क्षेत्र नम्बर १ ख का सभापतिसमेत रहेका शर्माले सबै कार्यकर्ता तथा नेताहरुलाई कांग्रेसको पक्षमा एक हुन आह्वान गरे ।

शर्माले बागी उम्मेदवारी फिर्ता लिएसँगै पार्टी कार्यालयमा लगाइएको ताला समेत खुलेको छ । शर्माको बागी उम्मेदवारी फिर्ता पछि कार्यकर्ताहरुमा उत्साह देखिएको छ । उत्साहित कांग्रेसी कार्यकर्ताहरुले मोटरसाइकल र्‍याली निकालेर नगर परिक्रमा गरेका थिए ।

बागी उम्मेदवारी फिर्ता गर्नेक्रमा निर्वाचन अधिकृतको कार्यालयमा शर्मासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सञ्जयकुमार गौतम, मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेश सदस्यद्वय टेकनारायण भुसाल, अञ्जना पाण्डे, जिल्ला सभापति नारायणप्रसाद गौडेल, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि तथा प्रभावशाली नेता भानुभक्त भट्टराई लगायतको उपस्थिति रहेको नगर सचिव बालकुमार शर्माले जानकारी दिए ।

प्रकाशित : वैशाख १६, २०७९ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×