कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा सुन पसलमा चोरी

अमृता अनमोल

बुटवल — रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित बीपी चोकमा रहेको सुन पसलमा चोरी भएको छ । 

कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति २ किलो २४ तोला सुनसहित नगद ५ लाख रुपैयाँ चोरी भएको सञ्चालक डिलबहादुर सुनारले दाबी गरेका छन् । लुटेराहरुले घर भाडामा लिएर योजनाबद्धरुपमा चोरी गरेको सञ्चालक सुनारको भनाइ छ । चोरीमा संलग्न भाग्नसक्ने आशंकामा प्रहरीले घटना सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले लुटेराले वेल्डिङ मेसिन प्रयोग गरेर पसल तोडफोड गरेको बताए । सीसीटीभी फुटेजका आधारमा घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित : वैशाख १४, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?