कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

पुल नहुँदा सास्ती

हरि गौतम

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ जोड्ने उत्तरगंगा नदीमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । पैदल यात्रा गर्नेहरू झोलुंगे पुल तर्छन् । गाडीमा आउजाउ गर्नेलाई समस्या छ । गाडीले नदी पार गर्न नसक्दा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यस नदीमा २०६९ सालदेखि निरन्तर सर्वसाधारणले दुःख पाइरहेका छन् । यहाँको गरसम्म सडक निर्माण भइसकेको छ । 

‘सडक पुग्यो भनेर उत्साहित भएको नौ वर्ष पूरा भइसक्यो,’ तककी कम्पा बुढाले भनिन्, ‘तर, नदीले कहिल्यै सजिलै घर पुग्न दिएको छैन ।’ बाह्रै महिना नदीले गाडी चल्न नदिएका कारण समस्या भइरहेको उनको भनाइ छ । मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको छ तर उत्तरगंगा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको हुकामका मिलन घर्तीले बताए । ‘सडक बन्दा जति खुसी छौं, यो नदीमा पुल नबनेका कारण उत्तिकै दुःखी हुनु परेको छ,’ उनले भने, ‘पुल नभएका कारणले बेलाबेलामा दुर्घटना हुने, सामग्री ढुवानीमा लागत बढ्ने गर्नाले यसको घाटा पनि सर्वसाधारणले नै व्यहोर्नु परिरहेको छ ।’

यो सहिद मार्गअन्तर्गतको रुकुम पूर्व–रोल्पा–दाङ सडक खण्डको पुथाउत्तरगंगामा मुख्य सडक हो । पुल निर्माणका लागि डीपीआर भइसकेको थियो । तर, हालसम्म पनि पुल निर्माण हुन सकेको छैन । पुल बनाउने प्रक्रिया सुरु भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । गाउँपालिकाले पुल निर्माण गर्नका लागि सहिद मार्ग सडक आयोजना, पुल महाशाखा र प्रदेश एवं संघीय सरकारलाई पटक–पटक जानकारी गराए पनि वास्ता नभएको उनको भनाइ छ । गाउँपालिकाको केन्द्र १० नम्बर वडाको तकमै छ । पुल निर्माणका लागि डीपीआर गरेर काम अघि बढाउने क्रममा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो । त्यसको सहजीकरणमा समेत स्थानीय सरकार र अरू दुई सरकारले चासो नदेखाएको आरोप सर्वसाधारणको छ ।

प्रकाशित : वैशाख ४, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×