कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

५ वर्षमा भूमे गाउँपालिकामा शून्य उजुरी

हरि गौतम

रुकुम पूर्व — स्थानीय तहमा हरेक योजना तथा विभिन्न नीति, नियम, कानुन कार्यान्वयनका सन्दर्भमा उजुरी परिरहेका छन् । तर रुकुम पूर्वको एक स्थानीय तहमा भने ५ वर्षको अवधिमा एउटा पनि उजुरी परेको छैन ।

५ वर्षमा भूमे गाउँपालिकामा शून्य उजुरी

भूमे गाउँपालिका कार्यान्वयनमा आएको ५ वर्ष पूरा भएको छ । तर यस गाउँपालिकामा हालसम्म एउटा पनि उजुरी परेको छैन । सर्वसाधारण नागरिक, सरोकारवाला, राजनीतिक दल तथा तिनका नेताहरुले उजुरी गर्ने निकायमा कुनै पनि उजुरी परेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान, हेलो सरकार, सतर्कता केन्द्र, संघ, प्रदेश मन्त्रालय, विभाग र अन्य निकाय कुनैमा पनि उजुरी परेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले हालसम्म गाउँपालिकाकै कार्यालयमा भने यो अवधिमा २७ वटा मौखिक, लिखित र टेलिफोन मार्फत उजुरी आएको बताए। जसमध्ये २४ उजुरी फर्स्यौट भइसकेको र तीन वटा उजुरी फर्स्यौटको लागि लेखी पठाइएको अधिकृत श्रेष्ठले बताए । गत आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कनमा पनि यो गाउँपालिकामा जिल्लाका अरु स्थानीय तहभन्दा उत्कृष्ठ भएको थियो ।

प्रकाशित : चैत्र २०, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×