कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

लिवाङमा प्रादेशिक औद्योगिक महोत्सव सुरु

काशीराम डाँगी

रोल्पा — रोल्पाको लिवाङमा बिहीबारदेखि प्रादेशिक औद्योगिक प्रदर्शनी तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको आयोजनामा सुरु भएको महोत्सव चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।

लिवाङमा प्रादेशिक औद्योगिक महोत्सव सुरु

स्थानीय उत्पादन, घरेलु सामग्री, कृषि उपज, खेलकुद तथा प्रवर्द्धन प्रदर्शनी गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गरेका हुन् । उनले औद्योगिक महोत्सवबाट स्थानीय उत्पादनको बिक्री वितरण र प्रवर्द्धन हुने विश्वास गरे । कार्यक्रममा घरेलुु तथा साना उद्योग महासंघका लुम्बिनी प्रदेश समितिका अध्यक्ष नेत्र पाठक लगायत पदाधिकारी उपस्थित भएका छन् ।

महोत्सवबाट स्थानीय उत्पादनमा वृद्धि गर्न सघाउने लक्ष्य लिइएको आयोजक समितिका अध्यक्ष मिलन डाँगीले बताए । उनले प्रदेश स्तरीय महोत्सव आयोजना गरिएकाले कृषि, उद्योग, घरेलु उत्पादनमा सघाउ पुग्ने बताए ।

महोत्सव उद्घाटनका क्रममा स्थानीयले विभिन्न झाँकीहरू प्रदर्शन गरेका थिए । आमा समूह, महिला समूह, विद्यालय, कार्यालय र स्थानीय तहका तर्फबाट झाँकीहरू प्रस्तुति गरिएका थिए ।

प्रकाशित : चैत्र १७, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×