कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

माओवादी केन्द्र लुम्बिनीमा पदाधिकारी चयन, अध्यक्षमा बराल

सन्जु पौडेल

तिलोत्तमा — नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको समितिको पदाधिकारी चयन गरिएको छ । बुधबार कपिलवस्तुमा बसेको पार्टीको प्रथम पूर्ण बैठकले ९ सदस्यीय पदाधिकारी चयन गरेको हो । समितिको अध्यक्ष पदमा सुदर्शन बराल चयन भएका हुन् ।

माओवादी केन्द्र लुम्बिनीमा पदाधिकारी चयन, अध्यक्षमा बराल

गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई बरालले लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको रुपमा काम गरिसकेका छन् ।

त्यस्तै, उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, कासिराम यादव र कोषाध्यक्षमा निर्दोष अलि निर्विरोध चयन भएका छन् ।

माओवादी केन्द्रको विधानमा अधिवेशनबाट निर्वाचित सदस्यले पदाधिकारी चयन गर्ने प्रावधान छ । बुधबार नै नवनिर्वाचित अध्यक्ष सुदर्शन बरालको अध्यक्षतामा बसेको बैठकले पार्टीको दुई महिने अभियान सम्पन्न गर्नेलगायतका प्रस्तावमाथि छलफल गरेको छ ।

बैठकमा पार्टी नेता एवं पूर्वमन्त्री वर्षमान पुनले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै जनताको मनोविज्ञान बुझी काम गर्न निर्देशन दिएका थिए । उनले एमाले विचारविहीन 'ओली बा'मा सीमित हुन पुगेको भन्दै माओवादी केन्द्रमा समाजबावमा पुग्ने स्पष्ट खाका रहेको बताए ।

प्रकाशित : चैत्र २, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?