२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बाढी पीडित किसानद्वारा घेराउ र प्रदर्शन

कमल पन्थी

बर्दिया — गत कात्तिक २ गतेको बेमौसमी वर्षासँगै आएको बाढीबाट धानबाली क्षति पुगेका किसानले राहत तथा क्षतिपूर्ति माग गर्दै बुधबार प्रदर्शन गरेका छन् ।

बाढी पीडित किसानद्वारा घेराउ र प्रदर्शन

सरकारले बेमौसमी वर्षाबाट क्षति पुगेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरे पनि हालसम्म नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय, बर्दियाको मुलगेटमा प्रदर्शन गर्दै नारावाजी गरेका छन्।

एमाले निकट किसान संगठनको आहृवानमा उनीहरूले किसानका बाली नोक्सानीको क्षतिपूर्ति देऊ, किसानमाथिको पक्षपातपूर्ण व्यवहार अन्त्य गर, मल-बिउ समयमै उपलब्ध गराऊ लगायतका नारा लगाउँदै प्रदर्शनकारीले गुलरिया बजार परिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा घेराउ समेत गरेका थिए ।

किसानको माग अविलम्ब पूरा नगरिए कडा आन्दोलनमा उत्रने किसान अगुवा राजकुमार वर्माले चेतावनी दिएका छन् । यस्तै एमालेका नेता खड्क बहादुर खड्काले क्षतिपूर्ति उपलब्ध गराउन आलटाल गरिए सडक संर्घष गर्ने बताएका छन् ।

प्रकाशित : चैत्र २, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?