२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

प्लास्टिकको ड्रममा भेटिएका बम डिस्पोज

हरि गौतम

रुकुम-पूर्व — बिहीबार प्लास्टिकको ड्रममा फेला परेका सकेट बम डिस्पोज गरिएको छ । नेपाली सेनाको एक टोली सिस्ने गाउँपालिका २ को बुर्की सल्लामा भेटिएका बम डिस्पोज गरिएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । 

प्लास्टिकको ड्रममा भेटिएका बम डिस्पोज

बिहीबार दिउँसो गाई चराउन गएकाहरूले बम भेटेका थिए । बिहीबार भेटिएका बम शुक्रबार दिउँसो डिस्पोज गरिएको वडाध्यक्ष केसीले बताए । रुकुमस्थित नरसिङ दल गणको सुरक्षा गुल्मको टोली बम डिस्पोज पार्न बुर्की सल्ला पुगेको थियो । ओढारमा लुकाइएको अवस्थामा दुईवटा बम ड्रमबाहिरै थिए भने अरु ड्रमभित्र थिए ।


बम कति थिए भन्ने यकीन भने हुन सकेन । उक्त ठाउँ वरिपरि र ड्रममा रहेका सबै बम डिस्पोज गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । सेनानी बाबुलाल जिसीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो ।


प्रकाशित : फाल्गुन २७, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×