कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश

कान्तिपुर संवाददाता

बैतडी — बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उपाध्यक्ष चन्दलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बिहीबार सदस्यता प्रदान गर्दै कांग्रेसमा स्वागत गरेका हुन् ।

शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश

नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित चन्दलाई पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।

शिवनाथको सुल्लेखानमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।

तीनदिन अघि मात्रै एमालेले चन्दलाई पार्टीबाट कारबाही गरेर निष्कासन गरेको विज्ञप्ति निकालेको थियो । उपाध्यक्ष चन्दले भने आफूलाई सफाइको मौकासमेत नदिई पूर्वाग्रही ढंगले कारबाही गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित : फाल्गुन २६, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×