घोराहीमा ११ जना जुवाडे पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार

घोराहीमा ११ जना जुवाडे पक्राउ

दुर्गालाल केसी

दाङ — घोराहीमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा शनिबार बेलुका जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले २ लाख २१ हजार ३ सय ५ रुपयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

पक्राउ पर्नेमा होटल सञ्चालन सन्धीखर्क ८ अर्घाखाँचीका ५२ वर्षीय गोपालबहादुर कुँवर, रुण्टीगढी ७ रोल्पाका ३४ वर्षीय सरोज पुन, ३६ वर्षीय घनश्याम वली, घोराही ५ का ३० वर्षीय कृष्ण बहादुर रावत र घोराही १३ का ३९ वर्षीय मनबहादुर खड्का छन् ।

यसैगरी घोराही १६ का ३५ वर्षीय रमेश कुँवर, घोराही १३ का ४५ वर्षीय खेमराज गिरी, घोराही ४ का ४२ वर्षीय काशिराम भट्टराई, घोराही १५ का ५५ वर्षीय भूमबहादुर केसी, बबई ६ दाङका ३० वर्षीय युवराज केसी र प्यूठान ५ का २८ वर्षीय जीवन नेपाली पक्राउ परेका छन् ।

पक्राउ परेकालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २२, २०७८ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

दुई महिनापछि पोखरा-जोमसोम उडान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा- जोमसोम उडान ७१ दिनपछि आइतबारदेखि सुरु भएको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार पोखरा जोमसोम ५ वटा उडान भए । ‘कोरोना, लकडाउन, हिउँदयाम आदि कारणले पुस ५ पछि उडान बन्द गरेका थियौं,’ प्रवक्ता बर्तौलाले भने, ‘अब संक्रमण दर पनि घट्दै गयो, पर्यटकीय गतिविधि पनि खुला भएकाले आजदेखि उडान सुरु गरेका छौं ।’

जोमसोम- पोखरा मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तिर्थयात्री तथा पर्यटकका लागि उपयुक्त रुट हो । यो रुटमा नेपाली यात्रुले ४५ सय एकतर्फी भाडा तिर्नुपर्छ । यसअघि कोरोना संक्रमणका कारण ०७६ चैत १० देखि जोमसोम पोखरा उडान बन्द भएको थियो । १९ महिनापछि मुक्तिनाथ दर्शन खुला भएसँगै ०७८ असोज १२ गतेदेखि जोमसोम उडान पुन: सुरु भएको थियो । तर, फेरि कोरोनाको ओमिक्रोन भेरियन्ट नेपाल लगायतका मुलुकमा देखिएपछि पुसयता पोखरा- जोमसोम उडान बन्द गरिएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७८ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×