कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा बन्द गराउँदै हिँड्ने सात जना पक्राउ 

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेन बजार बन्द गराउँदै हिँडेका सात जनालाई प्रहरीले सोमबार अपरान्ह पक्राउ गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनविरुद्ध आयोजना गरेको नेपाल बन्द भन्दै बजारमा सवारी साधन अवरुद्ध गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पाल्पामा बन्द गराउँदै हिँड्ने सात जना पक्राउ 

तानसेन–तम्घास सडकमा केही समय प्रहरी र आन्दोलनकारीबीच विवाद भएको थियो । उनीहरु नारा लगाउँदै आन्दोलन चोकमा पुगेर कोणसभा गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु राष्टिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, जनमोर्चाकै कोषाध्यक्ष टीकाराम पौडेल, नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सेक्रेटरी लीला श्रेष्ठ, नेकपा चन्द समूहका सेक्रेटरी भुवन जीसी, अनेरास्ववियू क्रान्तिकारी जिल्ला संयोजक सुदीप विक, चन्द समूहका युवा संगठन उपाध्यक्ष वेदप्रसाद विक र अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष लंक राना रहेका छन् ।

एमसीसीविरुद्धमा रहेका विभिन्न राजनितिक दलहरुले सोमबार बन्दको आह्वान गरेका थिए । सोही अनुसार पाल्पामा पनि बिहानैदेखि बन्द रहेको थियो । फाट्टफुट्ट सवारी साधन चले पनि बजार, पसल, उद्योग, बैंक तथा वित्तीय संस्था भने बन्द नै रहेको छ ।

सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई बहुमतले अनुमोदन गरेको छ । पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १६, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?