कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु 

माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका-१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको छ । रम्भा गाउँपालिका-१ असेर्दी घर भएका न्यौपानको उपचारको क्रममा सोमबार लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका-१० गेझाका २५ वर्षीय उमाकान्त चापागाईं घाइते भएका छन् ।

चापागाईंको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । कालीगण्डकी करिडोर हुँदै रामपुर जाने क्रममा लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । पछिल्लो समय कालीगण्डकी करिडोर र रामपुर क्षेत्रमा सवारी दुर्घटना बढेको छ । स्थानीयका अनुसार प्रहरी र ट्राफिक प्रहरीको निगरानी कम भएपछि तीव्र गतिमा सवारीसाधन चलाउने बढेका छन् ।


प्रकाशित : फाल्गुन १६, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?