कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

वन्यजन्तुबाट बाली जोगाउनै धौ–धौ

कान्तिपुर संवाददाता

अर्घाखाँची — सितगंगा नगरपालिका–९ सिद्धाराका भीम खत्रीको बारीमा यतिबेला गहुँ, तोरी, तरकारी छ । उनलाई यो बाली बँदेल, दुम्सी र बाँदरबाट जोगाउनै कठिन छ । रातिमा बँदेल, दुम्सी र दिउँसोमा बाँदरले बाली नोक्सान गर्न थालेपछि जोगाउन कठिन भएको उनले बताए ।

वन्यजन्तुबाट बाली जोगाउनै धौ–धौ

‘बाली र ज्यान जोगाएरै गाउँमा बस्ने हो,’ उनले भने, ‘वर्षदिन दुःख गरेर उब्ज्याएको उब्जनीले पाँच महिनालाई खान पुग्दैन । त्यसमाथि जंगली जनावरले बाली खाइदिएर र नोक्सान गरेर हैरानी छ ।’

सिद्धारा बर्रेका मुक्तबहादुर भुसालले भालुसहित जंगली जनावरले धेरैपटक आक्रमण गरेर शरीर चिथोरेको बताए । बाली खान आएका वन्यजन्तुलाई भगाउन खोज्दा तिनले झम्टिँदा शरीरभरि घाउ भएको उनले सुनाए । प्रहरी, प्रशासनमा गुहार माग्दा सुनुवाइ नभएको भुसालको गुनासो छ ।

बारीमा पाक्नै लागेका मकै बाँदरबाट जोगाउन त्यस सिजनमा धेरै विद्यार्थी स्कुल नै जाँदैनन् । ‘बारीमा उत्पादन भएको अन्न आधाजसो जंगली जनावरलाई नै हुन्छ,’ सिद्धाराका टेकबहादुर बेल्वासेले भने, ‘तीन वर्षदेखि यो समस्या व्यहोरिरहेका छौं ।’

सुविधा खोज्दै सहर झर्नेको लहर चलिरहेका बेला गाउँमै बसेका परिवारलाई अहिले जंगली जनावरले विस्थापितको अवस्थामा पुर्‍याएको भीमबहादुर घर्तीले सुनाए ।

प्रकाशित : फाल्गुन १४, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×