२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते

सन्जु पौडेल

तिलोत्तमा — बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते

बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले बताए । घाइतेमध्ये ८ जना विद्यार्थी, चालक र सह–चालक गरी १० जना घाइते भएको उनले बताए ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको हे । घाइतेमध्ये ३ जना विद्यार्थी, चालक र सहचालकको अवस्था मध्यम रहेको र अन्य बाँकी ५ जना विद्यार्थीको अवस्था सामान्य रहेको प्रवक्ता खाँणले बताए । बसमा ८ जना विद्यार्थी, चालक र सहचालक गरी १० जना रहेका थिए ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?