कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा

स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले स्थापना दिवस मनाउन लागेको हो । लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।

सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिए । राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको उनले बताए ।

कोरोना संक्रमण कायम रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउन लागेको उनले बताए । सरकारले घोषणा गरेको पदक वितरण तथा सिमित संख्याको उपस्थितीमा थोरै व्यक्तिबीच दिवस मनाइने छ । यसपालि स्थानीय तहलाई बोलाइएको छैन ।

प्रकाशित : माघ २९, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?