कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तिलोत्तमामा साढे २ करोड लगानीमा स्केटिङ मैदान निर्माण गरिँदै

अमृता अनमोल

बुटवल — बुटवल, स्केटिङ खेल र खेलाडीको विकासका लागि रुपन्देहीको तिलोत्तमामा स्केटिङ मैदान निर्माण थालिएको छ। करिब साढे २ करोडको गुरुयोजना तयार गरेर खेलाडी तथा खेल सम्बद्ध संघसंस्थाहरूको सहयोगमा इन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना थालिएको  हो ।

तिलोत्तमामा साढे २ करोड लगानीमा स्केटिङ मैदान निर्माण गरिँदै

करिब साढे २ करोडको गुरुयोजना तयार गरेर १० कठ्ठा क्षेत्रफलमा ३ चरणमा सम्पन्न गर्ने गरी काम थालिएको स्केट एड नेपाल फाउन्डेसनका अध्यक्ष जागृत पहाडीले बताए ।

३ महिनामा पहिलो चरणको ८० प्रतिशत काम सक्दा ४० लाख रुपैयाँ खर्च भएको बताइएको छ । व्यवसायिक स्केट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको सेन्टरमा आवासीय प्रशिक्षण दिइने छ ।

जसमा प्रशिक्षण केन्द्रसहित पुस्तकालय र आवाससमेत बनाइने उनले बताए । एसियन गेम समावेस रहेको यो खेलमा नेपालले प्रतिनिधित्व गर्ने नेपाल पहिलो नम्बरमा रहेको छ । काठमाडौं, धरान, पोखरा, बुटवलमा गरी स्केटिङ खेलका २ सयभन्दा बढी खेलाडीहरू छन् ।

प्रकाशित : माघ २४, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×